झोलाभरी विदेशीमुद्रासहित विमानस्थलबाट एक महिला पक्राउ

१ फाल्गुन २०८०, मंगलवार १४:४०

काठमाडौं । विदेशी मुद्रासहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १ जना महिला पक्राउ परेकी छन् । पक्राउ पर्ने सिन्धुपाल्चोक जुगल गाउँपालिका–२ घर भएकी १९ वर्षीया सुस्मिता गोले हुन् ।

फ्लाई दुबईमा काठमाडौंबाट दुबई जान लागेकी उनलाई शंका लागेर प्रहरीले पक्राउ गरेको हो । विमानस्थलको अन्तर्राष्ट्रिय उडान तर्फको प्रस्थान होल्ड व्यागेज चेकिङ एरियामा उनको झोलाभित्र ५०० दरका २६० थान, २०० दरका ४१ थान, १०० दरका १०८ थान गरी जम्मा १ लाख ४९ हजार साउदी रियाल र ५०० दरका ९ थान, २०० दरका ३ थान, १०० दरका ४९ थान गरी जम्मा १० हजार युएई दिराम तथा मोबाइल १ थान फेला पारेको प्रहरीले जनाएको छ ।

उनले विदेशी मुद्रा कसका लागि र किन लैजादै थिइन् भन्नेबारे अनुसन्धान भइरहेको विमानस्थल प्रहरीले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*