विमानस्थलबाट अवैध भारतीय मुद्रासहित टर्किस नागरिक पक्राउ

३ फाल्गुन २०८०, बिहीबार १५:३२

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले ९६ हजार भारतीय रुपैयाँसहित एक जना टर्किस नागरिकलाई पक्राउ गरेको छ ।

विमानस्थल प्रहरी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) कृष्णहरि शर्मा पोख्रेलका अनुसार यूएईको सारजहाबाट आएका अब्दुला मियाँको साथबाट ५ सय दरको अवैध भारतीय मुद्रा बरामद बरामद भएको छ ।

बुधबार पनि झण्डै एक करोड नेपाली रुपैयाँ बराबरको विदेशी मुद्रासहित दुई जना पाकिस्तानी नागरिक पक्राउ परेका थिए । पक्राउ परेका सबैलाई शम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको जिम्मा लगाइएको विमानस्थल प्रहरीले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*