सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?
४ फाल्गुन २०८०, शुक्रबार ११:०९

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा ६०० रुपैयाँले बढेको हो ।
शुक्रबार छापावाला सुनको मूल्य एक लाख १७ हजार १०० रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख १६ हजार ५५० रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै, चाँदी मूल्य तोलामा ३५ रुपैयाँले बढेको छ । चाँदी प्रतितोला एक हजार ४१० रुपैयाँमा कारोबार भइरहेको छ ।