जनक शिक्षाले माग्यो ३७ जना कर्मचारी
४ फाल्गुन २०८०, शुक्रबार १२:१४

काठमाडौं । जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले कर्मचारी माग गरेको छ । जनक शिक्षा सामग्री केन्द्र सानोठिमी भक्तपुरले एक सूचना प्रकाशित गर्दै ३७ जना कर्मचारीको मागेको हो ।
कम्पनीले प्रशासन, लेखा, स्टोर, अफसेट, मेकानिकल, प्रि प्रेस, प्रशासन, बाइन्डिङ लगायतका शाखामा उप निर्देशकदेखि प्राविधिकसम्म गरेर ३७ जना कर्मचारी माग गरेको छ ।
योग्यता पुगेका इच्छुक ब्यक्तिले आवश्यक कागजात संकलन गरी केन्द्रको बेवसाइट मार्फत आवेदन दिन सकिनेछ ।