भीम उपाध्यायसहित १८ जनाविरुद्ध ६ अर्बभन्दा धेरै बिगो माग गर्दै मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मिडिया सेलिब्रेटीको उपमा पाएका नेपाल सरकारका पूर्व खानेपानी सचिव भीम उपाध्यायविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।
अख्तियारले आज उपाध्यायसहित ३ पूर्वसचिव र १५ कर्मचारी गरी १८ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो । अख्तियारले उपाध्यायविरुद्ध ४ करोड ११ लाख ३४ हजार २७९ रुपैयाँ बिगो माग दावी गरेको छ ।
भ्याटबाहेक ७ अर्ब ७२ करोड रुपैँयामा ठेक्का सम्झौता गर्दा सम्झौता विपरित कानुनले तोके भन्दा बढी पेस्की मोबिलाईजेशन गरेको आरोप उनीहरुमाथि छ । मेलम्ची खानेपानी परियोजनामा भ्रष्टाचार गरेको अभियोगमा उनीविरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरिएको हो । त्यस्तै अख्तियारले पूर्वसचिवद्धय सञ्जय शर्मा र गजेन्द्र ठाकुरविरुद्ध पनि मुद्दा दायर गरेको छ ।
यसैगरी मेलम्ची खानेपानी विकास समितिका बोर्ड सदस्य मुकुन्दप्रसाद पौडेल र रुद्रसिंह तामाङ, कार्यकारी निर्देशकहरू घनश्याम भट्टराई, रामचन्द्र देवकोटा र सूर्यराज कँडेलसहित १५ नेपाली र परामर्शदातासहित तीन विदेशीलाई पनि प्रतिवादी बनाइएको छ ।












