‘टाटा’ इभी ट्याक्सीको विषयले स्वरोजगार ट्याक्सी व्यवसायीबीच कुटाकुट

६ फाल्गुन २०८०, आईतवार १७:३७

काठमाडौं । विभिन्न ६ बुँदे माग राखेर संघर्षका कार्यक्रम घोषणा गर्न आयोजित पत्रकार सम्मेलन मै ट्याक्सी व्यवसायीबीच कुटाकुट भएको छ । नेपाल राष्ट्रिय मिटर ट्याक्सी व्यवासायी तथा चालक सेवा समाजका अध्यक्ष राजकुमार श्रेष्ठले रिपोटर्स क्लबमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दा कुनै एक अमुक भारतीय व्यापारिक एजेन्सी ‘टाटा’को मात्रै पक्ष लिएको भन्दै मिटर ट्याक्सी व्यवसायी मध्ये कै केहीले असन्तुष्टि जनाएर आवाज उठाएपछि श्रेष्ठ पक्षधरले बबाल मच्चाएको हो ।

सरकारले मापदण्ड बनाएपछि टाटाले इभी ट्याक्सीमा लगानी गरेको र मापदण्डले विस्थापन गरेका मिटर ट्याक्सीको माग सम्बोधन गर्दा उक्त कम्पनीलाई हुने नोक्सानी कसले व्यहोर्ने ? भनी अभिव्यक्ति दिएपछि कार्यक्रममा सहभागि केही मिटर ट्याक्सी व्यवसायी एवं स्वरोजगार मजदुरहरुले आपत्ति जनाएका थिए । उनीहरुको प्रतिवादलगत्तै श्रेष्ठ पक्षधरले हुलहुज्जत गरे भने श्रेष्ठ आफैं पनि प्रतिवादमा उत्रिए ।

श्रेष्ठ पक्षधरले सम्बोधनका क्रममा आपत्ति जनाउने मध्येका केहीलाई हातपात समेत गरे । कार्यक्रम हलमा होहल्ला मच्चिएपछि रिपोटर्स क्लबका अध्यक्ष ऋषि धममा आफैं आएर थामथुम पार्न खोजिए पनि विवाद साम्य भएन । अन्ततः आयोजकले कार्यक्रमको औपचारिक समापन समेत गर्न पाएन, कार्यक्रम विथोलियो ।

विवाद बढ्दै गएपछि ऋषि धमला आफैंले कार्यक्रमको समापन गर्न नदिई ट्याक्सी व्यवसायीलाई हलबाहिर निकाल्दिए । धमलाले आफ्ना केटाहरु प्रयोग गरेर आफुहरुलाई हलबाहिर निकालेको भन्दै कार्यक्रम आयोजक तथा स्वरोजगार ट्याक्सी व्यवसायीहरुले तत्काल आपत्ति जनाएका थिए । धमलाले भने उनीहरुलाई लखेटेपछि तत्काल अर्को कार्यक्रम सुरु गराए ।

ट्याक्सी सट्टाभर्नामा सबै कम्पनीका सबै किसिमका गाडी बजार प्रतिस्पर्धी गराई पेट्रोलियम पदार्थ, विद्युतीय, ग्यास लगायत अन्य बैकल्पिक उर्जाबाट चल्ने सवारी साधनहरु व्यवसाय तथा स्वरोजगार चालक मजदुरहरुले व्यवसाय गर्न सहज हुने मूल्यका सवारी साधन खरिद गर्न पाउनु पर्ने मापदण्ड लागुहुनुपर्नेसहित ६ बुँदे माग राखेर सम्पूर्ण ट्साक्सी यातायात व्यसायी तथा स्वरोजगार मजदुर संयुक्त संघर्ष समितिले पत्रकार सम्मेलन आयोजना गरेकोमा त्यसमा आवद्ध समूहबीच आपसमा लफडा भएको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*