आज प्रजातन्त्र दिवसः सार्वजनिक बिदा

७ फाल्गुन २०८०, सोमबार ०६:२५

काठमाडौं । आज (फागुन ७ गते) प्रजातन्त्र दिवस रहेको छ । यसको अवसरमा सरकारले आज देशैभर सार्वजनिक बिदा दिएको छ ।

राणा शासकहरूको १०४ वर्ष लामो वंशीय, निरङ्कुश र हुकुमी शासनलाई बिदा गरी वि.स. २००७ फागुन ७ गते (आजकै दिन) मुलुकमा ‘प्रजातन्त्रको दियो’ बालिएको थियो ।

आज सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्था लगायत शेयर बजार पनि बन्द रहने छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*