त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा तीन जनाको नाम सिफारिस
७ फाल्गुन २०८०, सोमबार ०८:११

काठमाडौं । शिक्षा तथा विज्ञान प्रविधि मन्त्री अशोक राई नेतृत्वको सिफारिस समितिले त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा तीन जनाको नाम प्रधानमन्त्री तथा त्रिवि कुलपति समक्ष सिफारिस गरेको छ ।
समितिले टंकनाथ धमला, चित्रबहादुर बुढाथोकी र केशरजंग बरालको नाम सिफारिस गरेको हो । उपकुलपतिको लागि ४३ जनाले आवेदन दिएकोमा समितिले १४ जनाको नाम अल्पसूचीमा निकालेको थियो ।
समितिले सिफारिस गरेको तीन जना मध्येबाट एकजनालाई उपकुलपतिमा नियुक्ति गरिनेछ ।












