भुक्तानी नपाएको भन्दै चितवनमा किसानले सडकमा दूध पोखेर विरोध

७ फाल्गुन २०८०, सोमबार ११:३४

काठमाडौँ । चितवनमा किसानले सडकमा दूध पोखेर विरोध गरेका छन् । दूधको भुक्तानी नपाएको र बजारीकरणमा समस्या भएको भन्दै सडकमा दूध पोखेर विरोध गरेका हुन् ।

केन्द्रीय बस टर्मिनल चोकमा उनीहरूले ८० लिटर दूध सडकमा पोखेर विरोध प्रदर्शन गरेका थिए । विरोध प्रदर्शनअघि प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाउँदै चितवन जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घमा आबद्ध किसानले दूध तथा दुग्धजन्य पदार्थ बिक्री–वितरणमा सहज गर्नुपर्ने र किसानको दूधको भुक्तानी नियमित उपलब्ध गराउनुपर्ने माग राखेका छन् ।

चितवनमा दैनिक तीन लाख ५० हजार लिटर दूध उत्पादन हुँदै आएको छ जसमध्ये एक लाख ५० हजार लिटर दूध जिल्लाबाहिर बिक्री गर्ने गरिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*