वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु
७ फाल्गुन २०८०, सोमबार १६:५७

काठमाडौँ । जिल्ला प्रशासन कार्यालयले वीरगञ्जमा कर्फ्यु आदेश जारी गरेको छ।
वीरगञ्जमा सोमबार रौतहटमा भएको दुई पक्षबीचको झडपलाई लिएर बजार बन्द गराइएको छ। बजार बन्द गरिएपछि स्थिति तनावग्रस्त बनेको थियो।
स्थितिलाई नियन्त्रणमा लिनको लागि सोमबार साँझ ५ बजेदेखि अर्को आदेश नभएसम्मको लागि अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरिएको छ ।













