कान्तिपुर सहकारीका अध्यक्ष हिमाल बिक्रम मल्ल पक्राउ, अर्बौ रुपैयाँ ठगीका योजनाकार सिबी लामालाई उन्मुक्ति

७ फाल्गुन २०८०, सोमबार २२:५२

काठमाडौं । नेपाल प्रहरीले कान्तिपुर सेभिङ्ग एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेडका अध्यक्ष हिमाल बिक्रम मल्ललाई सहकारीको रकम हिनामिना गरेको आरोपमा आज काठमाडौंबाट पक्राउ गरेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता (एसपी) नवराज अधिकारीले कान्तिपुर सेभिङ्ग एण्ड क्रेडिटका अध्यक्ष मल्ल पक्राउ परेको पुष्टि गरेका छन् । तर, कान्तिपुर सहकारीका असली अध्यक्ष सिबी लामा हुन् । हाल उनी भने फुत्किन सफल भएका छन् । लामा केही समयसम्म अध्यक्ष थिए । लामाले डुबाएको सहकारीमा मल्ल अध्यक्ष बन्न आएका थिए ।

सो सहकारीका सञ्चालकहरुले निक्षेपकर्ताको रकम हिनामिना गरेको आरोपमा प्रहरी बृत नयाँबानेश्वरमा २०८० जेठ २८ मा मुद्दा दर्ता गरेपनि उनी लुकेर बस्दै आएका थिए ।

प्रहरीले कान्तिपुर सहकारीका अध्यक्ष मल्ल फागुन १ मा पक्राउ गरिएको प्रहरीको भनाई छ । कान्तिपुर सेभिङ्ग एण्ड क्रेडिटका ३५० जना निक्षेपकर्ताले जाहेरी दिएको जाहेरीका आधारमा प्रहरीले पक्राउ गरेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*