नेपाली नागरिकले पनि अब सहजै भारतीय सिमकार्ड प्राप्त गर्ने सक्ने

८ फाल्गुन २०८०, मंगलवार ११:१८

काठमाडौं । नेपाली नागरिकले पनि अबदेखि भारतीय सिमकार्ड प्राप्त गर्ने भएका छन् । भारतका लागि नेपाली राजदूत डा. शंकरप्रसाद शर्माले सामाजिक सञ्जाल एक्समार्फत यस्तो जानकारी गराएका हुन् ।

“अब नेपाली नागरिकता, पासपोर्ट, मतदाता परिचयपत्र आदि कागजातका आधारमा नेपालीले भारतीय मोबाइल सिमकार्ड पाइने भएको छ । पहिले प्राविधिक कारणले पाइँदैन थियो ।” डा.शंकर शर्माले लेखेका छन् ।

नेपाली राजदूतावासले औपचारिक अनुरोध गरेको केही हप्तामा उक्त निर्णय भएका हुन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*