अम्बे स्टील्सले प्रिमियम मूल्यमा आइपीओ निष्कासन गर्ने

८ फाल्गुन २०८०, मंगलवार १२:१४

काठमाडौं । अम्बे स्टील्स लिमिटेडले प्रिमियम मूल्यमा आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आइपीओ निष्कासन गर्ने प्रस्ताव पारितका लागि फागुन २३ गतेका लागि बार्षिक साधारणसभा बोलाएको हो ।

सभाका कम्पनीले निष्कासन गर्ने आइपीओमा आवश्यक कार्य अगाडी बढाउनको लागी सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव राखेको छ ।

त्यस्तै, गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्नुका साथै चालु आर्थिक वर्षका लागि लेखा परीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ ।

सभामा सञ्चालकहरुको पारीश्रमिक र भत्ता सम्बन्धमा, कम्पनीको अधिकृत, जारी तथा चुक्ता पुँजी वृद्धि गर्ने सम्बन्धि प्रस्ताव उपर छलफल तथा पारीत गर्ने सम्बन्धमा, प्रबन्धपत्रको दफा ६ को उपदफा (ङ) संशोधन सम्बन्धि प्रस्ताब उपर छलफल तथा पारीत गर्ने सम्बन्धमा, कम्पनी ऐन, २०६३ को दफा ९३ अन्तर्गतका कारोबारहरु छलफल हुनेछ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*