भारतीय बजारमा टाटा र एमजिले घटाए इभि गाडिको मूल्य, नेपालमा के होला ?

८ फाल्गुन २०८०, मंगलवार १३:५६

काठमाडौँ । पछिल्लो समय विश्वभर इलेक्ट्रीक कारको मूल्य घटाउने प्रतिस्पर्धा चलि रहेको छ । छिमेकी राष्ट्र भारतिय बजारमा समेत विद्युतीय गाडीमा मुल्य घट्दो क्रममा रहेको छ ।

भारतमा टाटाले आफ्नो विद्युतीय मोडलको मूल्य घटाएको छ । टाटाले नेक्सन ईभीको मूल्यमा १ लाख २० हजार भारतीय रुपैयाँसम्म घटाएको हो भने अर्को टियागो ईभीमा ७० हजारसम्म मूल्य घटाएको छ ।

ईभी कम्पनी एमजीले आफ्नो मोेडलका मूल्य घटाएको छ । एमजीले कोमेटको मूल्य १ लाख रुपैयाँ घटाएको छ । त्यस्तै एमजीले कम्प्याक्ट एसयूभी सेग्मेन्टको ईभी जेडएस मोडलमा २ लाखसम्म मूल्य घटाएको छ ।

भारतमा मूल्य घटे पनि नेपाल घट्ने संकेत देखिएको छैन ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*