गौतमबुद्ध साझेदारी वनमा भ्रष्टाचार गरेको आरोपमा राप्रपाका प्रदेश सांसद यादवसहित १९ जनाविरुद्ध मुद्दा

८ फाल्गुन २०८०, मंगलवार १५:२३

काठमाडौं । गौतमबुद्ध साझेदारी वनको रुख कटानमा अनियमितता गरेको आरोपमा अख्तियारले लुम्बिनी प्रदेश क्षेत्र नं ३(२) का प्रदेश सभा सदस्य जानकी प्रसाद यादव तथा तत्कालीन वन अधिकृतसहित १९ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।

आरोपीहरुले मिलेमतोमा विभिन्न ६ वटा कटान प्लटहरुमा ८०१ वटा रुखहरु काटेर सोबाट ३५,७७८.१० क्वी फिट काठ र ४९.२३ चट्टा दाउरा संकलन गर्नुपर्नेमा सो नगरी काठ लुकाएर नजिकैको स–मिलमा बिक्री गरेको दाबी अख्तियारले गरेको छ ।

आरोपीहरुले बदनियत राखि कम परिमाणमा काठ उत्पादन संकलन भएको देखाई २९ लाख १२ हजार १९३ रुपैयाँ बराबरको वन पैदावार हानीनोक्सानी गरेको आरोप लगाउदै अख्तियारले मंगलबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।

अख्तियारले प्रदेश सांसद यादवविरुद्ध २९ लाख १२ हजार १९३ रुपैयाँ विगो कायम गरेको छ ।

ciaaaaa ban

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*