बिग्रिएको अर्थतन्त्रलाई आफूले सुधारेको अर्थमन्त्री महतको दाबी (पूर्णपाठ)

८ फाल्गुन २०८०, मंगलवार १६:३३

काठमाडौँ । अर्थमन्त्री डा. प्रकाशशरण महतले बिग्रिएको अर्थतन्त्रलाई आफूले सुधारेको दाबी गरेका छन्। गोदावरीमा जारी महासमितिको बैठकमा उनले यस्तो बताएका हुन् ।

अर्थ मन्त्रालय सम्हालेपश्चात खुम्चिएको आर्थिक वृद्धि, स्रोतमा रहेको चापको अवस्था, असन्तुलन रहेको बाह्य क्षेत्रलगायतको सुधार भएको बताए । डा. महतले गत वर्ष २०७९ चैत १७ गते अर्थमन्त्रीको कार्यभार सम्हालेका थिए ।

आर्थिक वर्ष २०८०।८१ को बजेटमार्फत घोषणा गरेको आर्थिक सुधार र बजेट प्रणाली सुधारका अधिकांश विषयहरू कार्यान्वयनका क्रममा रहेको बताए । डा। महतले पर्यटक आगमन, होटेल र रेस्टुरेन्ट, निर्माण, उत्पादन, खुद्रा र होलसेल व्यापार बढेको संकेत देखिएको बताए ।

नेपाली कांग्रेस

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*