विमानस्थल विदेशी कम्पनीलाई विक्री गर्न खोज्ने मन्त्री किरातीका मुख्य डिजाइनर सिंगापुर फरार

८ फाल्गुन २०८०, मंगलवार १७:३९

काठमाडौं । त्रिभवन अन्तर्राष्ट्रिय विमानस्थलसहित ठूला तीन हवाई अड्डा विदेशी कम्पनीलाई विक्री गर्ने योजनाका एक जना डिजाइनर नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी सिंगापुर फरार भएका छन् ।

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा सवा दुई अर्ब हिनामिना गरेको आरोप लागेका उनी ठूला विमानस्थल भारतीय कम्पनीलाई सुम्पिने पर्यटनमन्त्री सुदन किरातीको योजनाका डिजाइनर हुन् ।

त्रिभुवन विमानस्थलसहित गौतमवुद्ध र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल तथा प्रस्तावित निजगढलाई समेत विदेशी कम्पनीलाई सुम्पिनु पर्ने योजना अघि बढाउने खाका बनाउने अधिकारी नै रहेको बताइन्छ । उनको डिजाइनलाई औपचारिकता दिन अनेक प्रयत्न गरिरहेका पर्यटनमन्त्री किराती कै सल्लाहमा उनी सिंगापुर गएको बताइएको छ ।

सिंगापुरमा उड्डयन क्षेत्रका डीजीस्तरीय कार्यक्रम रहेको बहाना पारेर नागरिक उड्डयन प्राधिकरणमा छलफलै नगरी अधिकारी सिंगापुर पुगेको कर्मचारीहरुले बताएका छन् । प्राधिकरणका सूचना अधिकारी एवं उपनिर्देशक ज्ञानेन्द्र भूलले सिंगापुरमा डीजी लेभलको कार्यक्रमका लागि गएको बताए । तर, उनको साथमा प्राधिकरणबाट अरु को-को संलग्न छन् भन्दा सूचना अधिकारी भूलले आफुलाई यसबारे थप जानकारी नभएको बताए ।

पोखरा विमानस्थलको आयोजना प्रमुखदेखि प्राधिकरणको महानिर्देशक हुँदासम्म उनी विभिन्न अनियमिततामा संलग्न छन् । उनीबारे अनेक तथ्य खुलेपनि पहुँचका बलमा उनले बचाउ गर्दै आएका छन् । अधिकारीको अगुवाईमा पोखरा विमास्थल निर्माण क्षेत्र वरपरबाटै बालुवा, सिमेन्ट र रोडा प्रयोग गरेर बाहिरबाट आयात गरेको भनी भन्सार तिरेको फर्जी कागजात बनाई २ अर्ब २२ करोड ४० लाख १६ हजार २०२ रुपैयाँ भन्सार छुट लिएको भेटिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*