भृकुटीमण्डपमा जुत्ता–चप्पल व्यापार मेला हुँदै, ७५% सम्म छुट पाइने

९ फाल्गुन २०८०, बुधबार ०७:३९

काठमाडौं । १५ वटा कम्पनीहरुको संयुक्त आयोजनामा भृकुटीमण्डपमा बम्पर डिस्काउन्ट जुत्ता–चप्पल व्यापार मेला हुने भएको छ । आज (फागुन ९ गते) बिहान ९ बजेदेखि साँझ ६ बजेसम्म संचालन गरिनेछ ।

उक्त मेलामा स्वदेशमै उत्पादित जुत्ता–चप्पलहरू एवम् स्वदेशी तथा विदेशी ब्रान्डका जुत्ता–चप्पल खरिद गर्न सकिने जानकारी व्यवसायी डिल्ली सुवेदीले दिए ।

उनका अनुसार, मेलामा विभिन्न ब्राण्डका झण्डै एक हजारभन्दा बढी मोडलका जुत्ता–चप्पल उपलब्ध रहनेछन् ।

एकै ठाउँमा विभिन्न मोडलका जुत्ता–चप्पल उपलब्ध हुने हुँदा ग्राहकलाई खरिद गर्न सहज हुने जानकारी व्यवसायी सुवेदीले दिए ।

मेलामा १५ देखि ७५ प्रतिशत सम्मको छुटको व्यवस्था छ । पुरुष, महिला र बालबालिका लगायत सबैका लागि उपयुक्त जुत्ता चप्पल उपलब्ध हुने संचालकले बताएका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*