बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?
९ फाल्गुन २०८०, बुधबार १०:५१

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । हिजो स्थिर रहेको सुन आज भने तोलामा ४०० रुपैयाँले बढेको हो ।
बुधबार छापावाला सुनको मूल्य एक लाख १८ हजार ४०० रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख १७ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै, चाँदी पनि तोलामा पाँच रुपैयाँले बढेको छ । चाँदी प्रतितोला एक हजार ४१५ रुपैयाँमा कारोबार भइरहेको छ ।












