विद्युत प्राधिकरणका चौथो तहका कर्मचारी महतोविरुद्ध भ्रष्टाचार मुद्दा दायर

९ फाल्गुन २०८०, बुधबार १७:४८

काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सुनसरी विद्युत प्राधिकरण, इनरुवा वितरण केन्द्रमा कार्यरत चौथो तहका विर्जकुमार महतोविरुद्ध मुद्दा दायर गरेको हो । आज विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर भएको हो ।

अनुसन्धानका क्रममा विद्युतीय लाइन जोडि दिएवाफत सेवाग्राहीबाट घुस लिएको पुष्टि हुन आएकाले महतोविरुद्ध आरोप पत्र दायर गरिएको जनाइएको छ । महतोमाथि २५ हजार रुपैयाँ विगो दावीसहित सजाय माग गरिएको अख्तियारले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*