घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?
१० फाल्गुन २०८०, बिहीबार ११:१५

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन तोलामा ४०० रुपैयाँले घटेको हो ।
बिहिबार छापावाला सुनको मूल्य एक लाख १८ हजार रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख १७ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै, चाँदीको मूल्य समेत घटेको छ । आज चाँदी प्रतितोला एक हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ ।












