किसानको आन्दोलनलाई नजरअन्दाज गरे सरकार ढल्न सक्छः रवि लामिछाने
१० फाल्गुन २०८०, बिहीबार ११:५५

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले किसानको आन्दोलनलाई नजरअन्दाज गरे सरकार ढल्न सक्ने बताएका छन् । प्रतिनिधि सभाको न्यून समयमा बोल्दै उनले यस्तो बताएका हुन् ।
देशभरका दुध र मह किसान मारमा परेर दुध पोखेर बसेको बताए । उनले भने, ‘मेरो निर्वाचन क्षेत्र र देशका दुध र मह किसान मारमा परेका छन् । दुध पोखेर बसेका छन् । अर्का तिर पाउडरको दुध र नक्कली महले स्थान पाएको छ । किसानको आन्दोलनलाई नजरअन्दाज भए किसानले सरकार ढाल्ने सक्छन् ‘
मिटरब्याजीहरु २३ दिन लगाएर काठमाडौँ आएको हुँदा सिहदबारले वार्ताका लागि ढोका खोल्न आग्रह गरे ।












