मुलुकको अर्थतन्त्र सीमित व्यक्तिका हातमा छः नेता डा.भण्डारी

१० फाल्गुन २०८०, बिहीबार १३:२७

काठमाडौँ । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य डा. चन्द्रकान्त भण्डारीले मुलुकको अर्थतन्त्र सीमित व्यक्तिका हातमा गएको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा बोल्दै उनले गलत नीतिका कारण सीमित व्यक्तिका हातमा मुलुकको अर्थतन्त्र पुगेकाले देशको विकास हुन नसकेको बताएका हुन् ।

मेलम्ची आयोजनालगायत सडक र भवन कुनै पनि आयोजना गुणस्तरीयरूपमा हुन नसकेको भन्डाीको भनाई रहेको थियो । उनले भने, ‘निजी व्यक्तिका नाममा भएका सरकारी जग्गा फिर्ता ल्याउन नसकिएको, हेटौँडा सिमेन्ट उद्योगको प्रभावकारी सञ्चालन हुन नसकेको र किसानले मल, बीउ र बजारका लागि सधैँ माग गर्नुपरेको तथा बाँदरले दुःख दिइरहेको सवालमा दिगो समाधान खोज्नु पर्छ’

मुलुकमा बिचौलियाको बिगबिगी रहेकाले किसान थप पीडामा रहेको बताए । स्वदेशी उत्पादन नहुँदा सरकारी कर्मचारीकै लागि अर्बौको पोशाक आयात गर्नुपर्ने स्थिति रहेको बताए । ‘आज बहुदलीय व्यवस्थामा प्रवेश गरेको पनि ३४ वर्ष भयो । तर, आर्थिक रुपले यो सदनमा बारम्बार कुरा उठिरहेको छ । किन १०/१२ जनाको हातमा, उसैको हातमा बैंक छ । उसैको हातमा उद्योग छ । उसैको हातमा वीमा छ । उसैको हातमा जलस्रोतको लाइसेन्स छ । उसैको हातमा हस्पिटल, स्कूल छ ’ उनले भने

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*