कर्मचारी संचय कोषले माग्यो विभिन्न पदमा ३० जना स्थायी कर्मचारी (सूचनासहित)

११ फाल्गुन २०८०, शुक्रबार ०८:०६

काठमाडौं । कर्मचारी संचय कोषले ३० जना स्थायी कर्मचारी माग गरेको छ । कोषले खुला प्रतियोगिताद्वारा पदपूर्ति गर्ने गरी योग्यता पुगेका नेपाली नागरिकबाट दरखास्त आह्वान गरेको हो ।

कोषले वरिष्ठ प्रबन्धक, प्रबन्धक र उप प्रबन्धकमा एक–एक जना, सहायक प्रबन्धकमा १२ तथा कानुन र सिस्टमतर्फ एक–एक जना र प्रमुख सहायकमा १३ जना कर्मचारी माग गरेको हो ।

तोकिएको योग्यता पुगेका इच्छुक व्यक्तिले आवश्यक कागजातसहित सूचना प्रकाशित मिति (फागुन ११ गते) ले २१ दिनभित्र तथा दोब्बर दस्तुर तिरी थप ७ दिनभित्र अनलाईनमार्फत दरखास्त आवेदन दिनुपर्नेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*