काठमाडौँ महानगरपालिका क्षेत्रमा लुकीछिपी प्लाष्टिकका फूलको प्रयोग गर्नेलाई कारवाही हुने
११ फाल्गुन २०८०, शुक्रबार १८:०९

काठमाडौँ। काठमाडौँ महानगरपालिका क्षेत्रमा लुकीछिपी प्लाष्टिकका फूलको प्रयोग गर्नेलाई कारवाही हुने भएको छ ।
सजावटका लागि लुकीछिपी प्लाष्टिकजन्य फूलको प्रयोग भएको जानकारी प्राप्त भएको जनाउँदै महानगर प्रहरी बलले पार्टी प्यालेस र होटलहरूमा निगरानी बढाएको हो । काठमाडौं महानगरपालिकाले २०८० साउन १ गतेबाट ४० माइक्रोनभन्दा कम मोटाइका पोलिथिन झोला, नक्कली फूल र सजावटका वस्तु तथा सामग्री ल्याउन, भण्डारण गर्न र बिक्री गर्न प्रतिबन्ध लगाएको छ ।












