मालपोत कार्यालयका नासुसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

११ फाल्गुन २०८०, शुक्रबार १८:१९

काठमाडौँ । नापी कार्यालय ललितपुरका सर्वेक्षक र मालपोत कार्यालय ललितपुरका नासुसहित पाँच जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ ।

नापी सर्वेक्षक रामवीर यादव, मालपोत कार्यालय ललितपुरका नासु प्रदीप पौडेल, बिचौलिया विनोद अधिकारी, लेखापढी व्यवसायी आशिषराज बस्नेत र लेखापढीको काम गर्ने दिनेश बन्जाराविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो।

यसअघि अख्तियारको टोलीले उनीहरूलाई दुई लाख ५० हजार रुपैयाँ घुस लिएको अवस्थामा पक्राउ गरेको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*