एसियाप्रसान्त क्षेत्रिय सम्मेलनमा नेपालको सक्रिय सहभागिता

११ फाल्गुन २०८०, शुक्रबार १९:४३

काठमाडौं । एसिया प्रसान्त क्षेत्रका मुलुकहरु सम्मिलित एफ एओ एसियाप्रसान्त क्षेत्रिय सम्मेलन श्रीलंकाको कोलम्बोमा सम्पन्न भएको छ । प्रत्येक दुई वर्षमा आयोजना हुने मन्त्रिस्तरीय यो बेकममा एसिया प्रसान्त क्षेत्रका ४४ भन्दा बढी कृषि मन्त्रीहरू तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

फागुन महिनाको ७ देखि १० गते सम्म संचालन भएको ३७ औ एसिया प्रसान्त क्षेत्रको खाद्य तथा पोषण सुरक्षाको अवस्था, कृषि खाद्य प्रणालीको अनुकुलित रुपान्तरण, कृषि मा लगाती प्रवर्धन तथा कृषिको आधुनिकरण तथा खाय वस्तुको उचित प्रयोग, पानीको उचित उपयोग तथा खानेपानी तथा खाद्य पदार्थ तथा उपलब्ध पानीको क्षतिको न्यूनिकरण जस्ता विषयहरुमा वृहत छलफल गरिएको थियो ।

सो कार्यक्रममा आयोजित मन्त्रिस्तरीय विशेष बैंठकमा कृषि क्षेत्रमा डिजिटल प्रविधिको प्रयोग साथै, यस क्षेत्रका साना राष्ट्रहरुको कृषि तथा पर्यावरणको विद्यमान अवस्था र भावी कार्यदिशाका बारेमा छलफल गरिएको थियो । नेपालको तर्फवाट कृषि तथा पशुपन्छी विकास मन्त्रालयका मन्त्री डा बेदुराम भुषालको नेतृत्वमा तीन सदस्यिय प्रतिनिधिले भाग लिएको छ ।

नेपालको तर्फवाट मन्त्रिस्तरीय छलफलको विभिन्न कार्यक्रममा सहभागिता जनाएको छ ।
विशेषगरी नेपालको तर्फवाट खाद्य प्रणालीको उपयोग तथा लगानी प्रवर्धनका सम्भावना तथा अवसरका वारेमा राष्ट्रिय सोच प्रस्तुत गरिएको छ । सम्मेलनमा नेपालको( तर्फबाट विभिन्न कार्यक्रममा सहभागिता जनाइएको थियो ।

सो क्रममा Digital Village Initiative मा नेपालमा एफ ए ओ को सहभागितामा संचालित कार्यक्रम, यस क्षेत्रमा हालसम्म भएको उपलब्धीहरू तथा , यस क्षेत्रमा हासिल गरेका अनुभव बारे सम्मेलनमा जानकारी गराइएको थियो ।

त्यसैगरी नेपालले एक मूलुक एक विशेष बाली वस्तु (One Country One Priority Product) तर्फ छनौट गरेको अलैचीको अर्थतन्त्रमा योगदानका विषयमा छलफल भएको थियो । नेपाली अलैचीको निर्यातले अर्थतन्त्रमा विशेष योगदान गरेको अवस्थामा त्यसको महत्व, उत्पादनको अवस्था, प्रसोधन प्रणाली तथा आन्तरीक तथा वाहय वजारमा यो वालीको पहुँचको सम्वन्धमा नेपालको तर्फवाट मन्तव्य प्रस्तुत गरिएको थियो ।

सो क्रममा विश्वका साना विकासशील टापु राष्ट्र (SIDS), अतिकम विकसित राष्ट्रहरु तथा भू –परिबेशित राष्ट्रहरुका सम्बन्धमा मन्त्रिस्तरीय विशेष बैठक संचालन भएको थियो । उक्त बैठकमा विशेषत नेपाल जस्ता भू –परिबेशित राष्ट्रहरुले कृषि क्षेत्रमा अपनाएका प्रविधि, वजारीकरण तथा विश्ववजारको पहुँच लगायतका विषयमा नेपालले आफ्ना भनाइहरु प्रस्तुत गरेको थियो । विशेषगरी SIDS, LDC तथाLLDC राष्ट्रहरुले झेलेका समस्याहरु तथा समाधानका लागि प्राथमिकतामा विषय तय गरिएको हो ।

सम्मेलनको औपचारिक उद्घाटनको क्रममा हरेक राष्ट्रले आफ्नो मूलुकको कृषिक्षेत्रमा प्राथमिकता, सहयोगका क्षेत्रहरु तथा आगामी दुई वर्षका लागि एफ ए ओको रणनैतिक तथा कार्यगत योजनाहरु समेतलाई समेटी कार्यपत्र (Country Statement), प्रस्तुत भएको थियो ।

नेपालको तर्फवाट कृषि तथा पशुपन्छी विकास मन्त्रलयले FAO नेपाल वाट प्राप्त सहयोगका लागि आभार व्यक्त गर्दै नेपालको भौगोलिक बिशेषतालार्इ मध्यनजर गर्दै पहाडी खेतीवाली प्रणालीलाई बिशेष जोडदिनुपर्ने विषय प्रस्तुत भएको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*