देशभर दादुरा–रुबेलाविरुद्धको खोप अभियान आजदेखि

काठमाडौं । आजेदेखि देशव्यापि रुपमा दादुरा–रुबेलाविरुद्धको खोप अभियान सञ्चालन हुने भएको छ । सरकारले दादुरा–रुबेलाविरुद्धको खोप अभियान फागुन १३ गतेदेखि चैत्र ७ गतेसम्म सञ्चालन गर्ने भएको हो ।
यस खोप अभियानमा ५७ लाख ४२ हजार ९९३ लाई खोप प्रदान गर्ने लक्ष्य रहेको स्वास्थ्य सेवा विभागका बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा. अभियान गौतमले जानकारी दिए । उनका अनुसार २४ जिल्लाका नौ महिनादेखि १५ वर्षमुनिका बालबालिकालाई खोप दिइने छ ।
तराईका २१ जिल्ला र काठमाडौं उपत्यकाका तीन जिल्लामा नौ महिनादेखि १५ वर्षमुनिका र ५१ जिल्लामा नौ महिननादेखि पाँच वर्षमुनिका बालबालिकालाई खोप दिन लागिएको हो ।
नेपालमा ३५ वर्षअघिदेखि दादुरा र ११ वर्षदेखि दादुरा–रुबेला खोप अभियान सञ्चालन हुँदै आइरहेको छ । यस अभियानमा ५० हजार स्वयंसेवक तथा ३० हजार स्वास्थ्यकर्मी परिचालित हुनेछन् ।