एक हजार दरको ६ थान नक्कली नोटसहित २ जना पक्राउ

१३ फाल्गुन २०८०, आईतवार १३:४३

काठमाडौँ । १ हजार दरको ६ थान नक्कली नोटसहित २ जना पक्राउ परेका छन्। रामेछाप घर भएका १९ वर्षीय कमल भुजेल र मकवानपुर घर भएका १९ वर्षीय साजन वाईबा रहेका हुन् ।
प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरीले कमललाई १ हजार दरको ३ थान उक्त नोटसहित पक्राउ गरेको र थप अनुसन्धान गर्ने क्रममा काठमाडौं बुढानिलकण्ठ नगरपालिका १२ निलो माईक्रो पार्कबाट साजनलाई समेत १ हजार दरको ३ थान उक्त नोटसहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*