सुन तस्करी प्रकरणमा मुछिएका प्लाटिनम कलेजका संचालक गुरुङ पक्राउ
१४ फाल्गुन २०८०, सोमबार १०:२१

काठमाडौं । सुन तस्करी प्रकरणमा मुछिएका प्लाटिनम कलेजका संचालक जीवनकुमार गुरङ पक्राउ परेका छन् । उनलाई केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) को टोलीले काठमाडौंको सामाखुशीबाट पक्राउ गरेको हो ।
मंसिर २१ गते फ्लाई दुबईबाट आएका चन्द्र घले १४ किलो सुनसहित पक्राउ परेका थिए । यसरी सुन तस्करी गरेर ल्याएको घटनामा अनुसन्धान गर्दा अध्यक्ष गुरुङ मुख्य योजनाकार रहेको पाइएको थियो ।
आफूविरुद्ध पक्राउ पूर्जी जारी भएपछि गुरुङ फरार भएका थिए । उनलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको सीआईबीले बताएको छ ।












