सहकारी ठग्ने र दुईचार थान नागरिकता राख्नेलाई घर पठाएर अनुसन्धान गरौंः गगन थापा

१४ फाल्गुन २०८०, सोमबार १३:०४

काठमाडौँ । सांसद गगन थापाले सहकारी ठग्ने र दुईचार थान नागरिकता राख्नेलाई घर पठाएर अनुसन्धान गर्नु पर्ने बताएका छन् । आज संसदमा बोल्दै रास्वपाका अध्यक्ष रवि लामिछानेलाई घुमाउरो शैलिमा उनले यस्तो बताएका हुन् ।

‘बिगत केहि दिन देखि यता (सत्तापक्ष) को ले उता (प्रतिपक्ष) र उताकोले यताकोलाई दोष दिने दोहोरी चलेको छ । यो पाराले न संसद राम्रोसँग चल्छ अब यसो गरौ संसदको दाँया बस्ने होस् कि बाँया बस्ने होस् अख्तियारले डामेको आयोगले बोलेको र सरकारी जग्गा आखा गाडेको झण्डा वालाको झण्डा छोपेर घर पठाइ दिउँ’ – गगन थापाले भने, – ‘अनि सरकारी ठग्ने र दुइचार थान नागरिकता राख्नेलाई यहा राखेर हुँदैन घरै पठाएर अनुसन्धान गर्नुपर्छ यतिगर्न सके निर्दोष भए फर्किर आउनु होला फुलमाला लगाएर स्वागत गरौला दोषी भए दण्ड हुन्छ’

अलि अलि सफा गर्ने सके मिटरब्याजको बारेमा किसानको मूल्य नपाएको बारेमा एनसेलको प्रतिवेदनको बारेमा जमेर छलफल गर्ने सकिने थापाले बताए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*