मन्त्रिपरिषदका निर्णय : सुन तस्करी जाँचबुझ आयोगको म्याद थप, बालकुमारी घटनाको प्रतिवेदन अध्ययन गर्ने जिम्मा दुई मन्त्रीलाई

१४ फाल्गुन २०८०, सोमबार १८:२८

काठमाडौं । सरकारले सुन तस्करी जाँचबुझ आयोगको म्याद फागुन मसान्त थप गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सुन तस्करीबारेको छानविन अझै नसकिएको भन्दै म्याद थप गर्ने निर्णय गरेको हो ।

यस्तै, मन्त्रिपरिषदले बालकुमारी घटना छानविन आयोगको प्रतिवेदन अध्ययन गर्न दुई मन्त्रीलाई जिम्मा दिएको छ । प्रतिवेदन अध्ययन गरी २० गतेभित्र सिफारिस गर्न कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङ र ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत रहेको समिति गठन गरेको हो ।

बालकुमारी घटनाका सम्बन्धमा प्राप्त प्रतिवेदन समितिले अध्ययन गर्ने र कार्यान्वयनका सम्बन्धमा सरकारलाई सिफारिस गर्ने निर्णय भएको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

बैठकले अस्पतालसम्बन्धी विवादलाई लिएर सर्लाहीको बरथवामा भएको आन्दोलनका क्रममा प्रहरीको गोली लागेर मृत्यु भएका जयशंकर साहको परिवारलाई १० लाख रुपैयाँ राहत दिने निर्णय समेत गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*