निर्माण क्षेत्रका नौ ठेकेदार कम्पनी कालोसूचीमा (सूचनासहित)

१५ फाल्गुन २०८०, मंगलवार ०८:५३

काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले ९ वटा ठेकेदार कम्पनीहरुलाई कालोसूचीमा राखेको छ । कार्यालयले कम्पनीहरुलाई एकदेखि तीन वर्षसम्म काम गर्न नपाउने गरी कालोसूचीमा राखेको हो ।

कम्पनीहरुलाई सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ उपदफा (१) बमोजिम फागुन १५ गते एक सूचना जारी गर्दै आजकै मितिदेखि लागु हुने गरी कालोसूचीमा राखेको हो ।

कालोसूचीमा राखिएको समयसम्म ठेकेदार कम्पनीहरुले सार्वजनिक निकायको कुनै पनि खरिदमा भाग लिन नसक्ने प्रावधान रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*