ठमेल प्लाजा होटलले आइपीओ निष्कासन गर्ने

१५ फाल्गुन २०८०, मंगलवार ११:३०

काठमाडौं । ठमेल प्लाजा होटल एण्ड सुइटस् लिमिटेडले आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासन प्रस्तावसहित चैत ७ गते १२औं वार्षिक साधारण सभा बोलाएको हो ।

कम्पनीको सभाकक्ष, ठमेल, काठमाडौंमा दिउँसो ४ बजे सभा बोलाएको हो । सभाले आईपीओ निष्कासनका लागि आवश्यक सम्पूर्ण कामको जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय पनि गर्नेछ । कम्पनीको पूँजी संरचना परिवर्तन सम्बन्धी प्रस्ताव समेत सभाका लागि तय भएको छ ।

साथै गत आर्थिक वर्ष ०७९।८० को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती निजको पारिश्रमिक निर्धारणको विषय समेत टुङ्ग्याउनेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*