बालुवाटार जग्गा काण्ड प्रधानमन्त्रीको संलग्नतामा भयो तर मुद्दा चलाइएन

१५ फाल्गुन २०८०, मंगलवार १५:२२

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता एवं सांसद राजेन्द्र लिङदेनले बालुवाटार जग्गा काण्ड प्रधानमन्त्रीको संलग्नता भएको भए पनि मुद्दा नचलाइएको बताएका छन् ।

संसदको सार्वजनिक लेखा समितिको बैठकमा अख्तियार प्रमुख प्रेमराइसँग जवाफ लिने क्रममा लिङदेनले बालुवाटार जग्गा काण्ड तत्कालीन प्रधानमन्त्रीहरुको संलग्नतामा भएको भए पनि उनीहरुलाई मुद्दा नचलाइएको भन्दै प्रतिप्रश्न गरे ।

उनले काम गरेका कारण कर्मचारीलाई मात्रै लखट्ने काम भइरहेको र नेताजति सबै उम्किने भएका कारण मुलुकले झन् ठूलो नोक्सानी व्यहोर्नु परेको समेत बताए ।
अख्तियारले नीतिगत तहमा बस्ने तथा आदेश दिनेहरुलाई उम्काउने र कर्मचारीलाई लखेट्ने गरेका कारण काम गर्नै नमानेको र कामहरु सबै सुस्ताएर मुलुकलाई झन् ठूलो नोक्सान भइरहेको बताए ।

विकास निर्माणका कामहरु अघि नबढ्नुको प्रमुख कारण समेत यहि समस्या भएको उनको तर्क छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*