गोकुल बास्कोटा जोडिएको ७० करोड घुसकाण्डको अनुसन्धान अहिले पनि जारी

१५ फाल्गुन २०८०, मंगलवार १५:५९

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राइले तत्कालीन सञ्चारमन्त्री गोकुल बास्कोटा जोडिएको सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरण कमिसन काण्डको अनुसन्धान अहिले पनि भइरहेको बताएका छन् ।

संसदको सार्वजनिक लेखा समितिमा मंगलबार विगतका निर्देशनहरुबारे जानकारी दिँदै उनले ७० करोड कमिसन मागिएको ‘सेक्युरिटी प्रेस खरिद’ प्रकरणको अनुसन्धान भइरहेको बताएका हुन् ।

उनले भने, ‘यो एउटा टेपको विषय थियो । अहिले पनि हामी छानबिन गरिरहेको छौं । पोख्न प्रमाण नभएसम्म हामीले कसैलाई पनि दोषी करार गरे मुद्द लैजान मिल्दैन ।’

२०७६ फागुनमा तत्कालीन सञ्चारमन्त्री बास्कोटाले ७० करोड कमिसनको कुरा गरेको अडियो टेप बाहिरिएको थियो । कमिसन काण्ड बाहिरिएपछि बास्कोटाले मन्त्री पदबाट राजीनामा दिएका थिए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*