गैर आर्थिक भ्रष्टाचारजन्य घटनाको अनुसन्धान तीब्र पार्न अख्तियारलाई लेखा समितिको निर्देशन

१५ फाल्गुन २०८०, मंगलवार १६:५७

काठमाडौं । संसदको सार्वजनिक लेखा समितिले गैर आर्थिक भ्रष्टाचारजन्य घटनाहरुको छानविनका लागि अख्यिार र अन्य अनुसन्धानमुलुक निकायबीचमा द्विपक्षीय तथा बहुपक्षीय सम्झौता गर्ने गरीको कानून अनुमोदनका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयलाई निर्देशन दिएको छ ।

मंगलबार बसेको समिति बैठकले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईसँगको छलफल पछि गैर आर्थिक भ्रष्टाचारजन्य घटनाहरुको बहुआयामिक अनुसन्धान गर्दा अख्तियार र अन्य अनुसन्धानमूलक निकायहरुबीच आपसी समन्वय नहुँदा धेरै मुद्दाहरु प्रभावित भएकाले यी निकायबीच द्विपक्षीय तथा बहुपक्षीय सम्झौताका लागि संसदले कानून अनुमोदन गर्नु पर्ने भएका कारण त्यसको मस्यौदा पेश गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयलाई निर्देशन दिएको हो ।
आर्थिक अनियमितता र गैर आर्थिक भ्रष्टाचारजन्य गतिविधिमा प्रभावकारी ढंगले अनुसन्धान गरी शीघ्र अभियोजन अघि बढाउन अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई समेत लेखा समितिले निर्देशन दिएको छ । यसअघि दिएका निर्देशनहरुको अवस्था समेतको समीक्षा गर्दैै समितिले अनुसन्धान तथा अभियोजनमा तीब्रता दिन सुझाव दिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*