संविधानले हात खुट्टा काटेको अख्तियारले केही गर्न सक्दैन : प्रमुख आयुक्त राई

१५ फाल्गुन २०८०, मंगलवार १७:११

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले संविधानतः हात खुट्टा काटिएको अख्तियारले केही गर्न नसक्ने बताएका छन् ।

संसदको सार्वजनिक लेखा समितिको बैठकमा विगतका निर्देशनबारे जवाफ दिन उपस्थित भएका प्रमुख आयुक्त राईले अख्तियारप्रति अपेक्षा धेरै भएको तर संविधान, ऐन, कानूनले कुनै अधिकार नदिएकाले केही गर्न नसकिने बताए ।

उनले भने, ‘गैर आर्थिक भ्रष्टाचारजन्य घटनाको अनुसन्धान गर्दा अन्य अनुसन्धानमूलक निकायसँग सूचना लिन सकिँदैन । अनुचित लाभ, स्टिङअपरेशन लगायतका प्रयोगका लागि समेत हामीलाई कानूनी अधिकार छैन ।’

कतिपय मुद्दामा बहुपक्षीय ढंगले अनुसन्धान गर्नु पर्ने भएका कारण आफुहरुले क्षेत्राधिकार भन्दा बाहिर गएर कुनै अनुसन्धान गर्न नमिलेको र कतैबाट सहयोग नपाएको गुनासो समेत उनले लेखा समितिसमक्ष गरे ।

लेखा समितिले भने गैर आर्थिक भ्रष्टाचारजन्य घटनाहरुको छानविनमा तीब्रता दिन भन्दै अख्तियारलाई निर्देशन दिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*