यी तीन कम्पनीका ईभी गाडिको व्याट्री विग्रिए कति लाग्छ खर्च ?

दिपक विष्ट
१५ फाल्गुन २०८०, मंगलवार १८:२३

काठमाडौं । इलेक्ट्रिक भेहिकल (ईभी)ले पछिल्लो समय नेपाली बजार गर्माएको छ । दिनानुदिन ईभी गाडी भित्रिने क्रम बढ्दो छ । अटोमाइलका पारखीहरुले वातावरण ईभीमय बन्दै गएको महसुस गर्न थालेका छन् । ईभीमा व्याट्रीको क्षमतालाई मुख्य प्राथमिकता दिइएको छ । व्याट्रीको स्पेसिफिकेशन तथा गाडीमा भएको सुविधाका आधारमा मूल्य निर्धारण गर्ने गरिएको छ ।

अधिकांश ईभीमा लिथिमय फेरिवस फोस्फेट आधारित व्याट्री प्रयोग गरिएको हुन्छ । कारणः यस्तोखाले व्याट्री बढी सुरक्षित मानिएको छ । ईभीको व्याट्रीमा कम्पनीहरुले लामो समयको वारेन्टी दिएका हुन्छन् ।

त्यसरी वारेन्टी दिइएका व्याट्री निश्चित समयपछि विग्रिने र फेरवदल गर्दा समय तथा खर्च उत्तिकै लाग्ने डर प्रयोगकर्तामा छ । जुन त्रासले अधिकांश ग्राहक ईभी रोज्न आँट गर्न सकिरहेका छैनन् । तर, विक्रेता कम्पनीहरुले भने चार्जिङ बानी सुधार गर्दै केयरिङ गरेर गाडी चलाउँदा १८ देखि २० वर्षसम्म व्याट्री स्वस्थकर रहने जिकिर गरेका छन् ।

वारेन्टी सकिएर फेर्नुपर्ने अवस्था आए कुन गाडीको कति खर्च लाग्छ ?

बीवाईडीको आधिकारिक विक्रेता साइमेक्स इन्क प्रालिले नेपाली बजारमा उपलब्ध गराइरहेका ईभीको व्याट्रीमा हालसम्म समस्या देखिएको छैन । तर, व्याट्रीमा ८ वर्षको वारेन्टी रहेको साइमेक्स इन्कका सर्भिस हेड सुशील तण्डुकारले बताए । उनले भने, ‘बीवाईडीका कुनै पनि ईभी गाडीमा हालसम्म व्याट्रिको समस्या आएको छैन । यदि कुनै कारण विग्रियो भने पनि कम्पनीले ८ वर्षको वारेन्टी दिएको हुन्छ ।’

बीवाईडी सुरक्षाका दृष्टिकोणले समेत उपयुक्त रहेको भण्डुकारले बताए । ‘बीवाईडीको गाडीमा व्याट्रिको समस्या न्यून छ । व्याट्री निकै गुणस्तरको छ, यसलाई लामो समयसम्म सुरक्षित रुपमा प्रयोग गर्न सकिन्छ, उनले भने, ‘बीवाईडी व्याट्रिमा हामीले ८ वर्षको वारेन्टी दिएका छौं । त्यो समय अवधिसम्म पक्कै पनि नयाँ प्रविधि आउँछ । त्यो समयसम्म व्याट्रिको मूल्य घट्न सक्छ । विग्रिएपनि कम मूल्य मै बनाउन सकिन्छ । व्याट्री विग्रिएपछि भने व्याट्री पावर व्याकअपको रूपमा प्रयोग अथवा रिसाइकलमा पठाइन्छ ।

कुनै कारण बीवाईडीको व्याट्री परिवर्तन गर्नु पर्ने अवस्था आए मूल्यको आधा रकम पर्न जाने उनको भनाइ छ । ८ वर्षको वारेन्टी सकिएर व्याट्री परिवर्तन गर्नु पर्न अवस्था आए गाडीको आधा मूल्य खर्च हुन जान्छ । गाडी दुर्घटना नपरे वा ड्यामेजबाहेक अन्य समस्या कम्पनीले हेर्ने उनले बताए ।

नेपाली बजारमा टेस्लाको विद्युतीय गाडी अरेट इन्टरनेशनलले ल्याइरहेको छ । पछिल्लो समय नेपालसँगै विश्व बजारमा सर्वाधिक रुचाइएको ब्राण्ड हो, टेस्ला । टेस्लाले आफ्ना ईभीमा ८ वर्षको वारेन्टी दिएको सर्भिस हेड दुर्गा महर्जनले बताए । उनले भने, ‘व्याट्री विग्रिए कति खर्च लाग्छ यकिन हुँदैन । विग्रिए पनि कम्पनीले ८ वर्षको वारेन्टी दिएको हुन्छ । ८ वर्षसम्म व्याट्री बनाउने काम कम्पनीबाट हुन्छ ।’

टेस्लाको कुनै गाडीमा प्रयोग भएको व्याट्री विग्रिए पूर्ण रूपमा परिवर्तन गर्नु नपर्ने महर्जनले बताए । व्याट्री विग्रिए पूरै परिवर्तन गर्नु पर्ने नहुनसक्छ । व्याट्रिको अवस्था हेरेर मात्र के गर्ने पूर्ण रुपमा जानकारी हुन्छ, उनले भने ।

टेस्लाका ईभी गाडी गुणस्तरी रहेको भन्दै ढुक्क साथ खरिद गर्न कम्पनीलले आग्रह गरेको छ । तर, व्याट्री पूरै परिवर्तन गर्नु पर्ने अवस्था आए गाडी खरिद गर्दा लाग्ने ५० प्रतिशत रकम व्याट्रीमा खर्च हुन जान्छ ।

टाटा मोटर्सको नेपालस्थित आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङ्ग प्रालि हो । टाटा मोटर्सको इभी गाडीमा प्रयोग हुने व्याट्री विग्रिए पनि व्याट्री पूरै परिवर्तन गर्नु नपर्ने कम्पनीले बताएको छ ।

टाटा मोटर्सले व्याट्री प्याकमा ८ वर्षको ग्यारेन्टी दिएको छ । त्यस अवधिमा व्याट्री विग्रियो भने कम्पनीले नै निःशुल्क परिवर्तन गरिदिने बताइएको छ । तर, व्याट्री पूरै परिवर्तन गर्नु पर्ने भए गाडीको करिब ५० प्रतिशत भन्दा बढी व्याट्रीमा खर्च हुने कम्पनीले जनाएको छ ।

मोड्युल अनुसार खर्च फरक पर्ने कम्पनीले जानकारी दिएको छ । कुनै एउटा सेल विग्रिए फेर्न सकिने कम्पनीले जनाएको छ । ईभीको व्याट्रिले गाडीको मूल्य निर्धारण गर्ने गर्दछ । कुनै पनि लिथियम आयोन व्याट्री १०० प्रतिशत चार्ज गर्नु पर्ने र त्यसलाई बीचबीच मै चलाउन नहुने एक विक्री कम्पनीको भनाई छ । कम्पनीले भन्यो, ‘बजारमा १०० प्रतिशत चार्ज गरे त विग्रिन्छ भन्ने हल्ला बढ्दो छ । तर, चार्ज लगाएपनि १०० प्रतिशत भएर मात्र निकाल्नु पर्छ ।’

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*