सर्भिसिङ र स्पेयर पार्ट्स बिक्री सुधार्ने हिरोको प्रतिवद्धता, तर होला त समस्याको समाधान ?

१६ फाल्गुन २०८०, बुधबार १२:२५

काठमाडौँ । ग्राहकहरुबाट गुनासाका चाँङ आएपनि हिरोले मोटरसाइकल तथा स्कुटरको नेपालका लागि आधिकारिक बिक्रेता तोकिएको छ । हिरोका उपभोक्ताहरूले अफ्टर सेल्स सर्भिसमा समस्या ब्यहोर्नु परेको हजारौ गुनासापछि कम्पनीले एकमात्र आधिकारिक बिक्रेता सिजी मोटर्सलाई तोकेको हो ।

मोटर्स हिरोको आधिकारिक विक्रेता तोकिएपछि उपभोक्तालाई केहि सहज भएपनि समस्या मुक्त भने भएका छैनन् । हिरोका सर्भिस सेन्टरहरुमा पार्टपुर्जाहरुको अभाव कायमै रहेको छ । समयमै पार्टपुर्जा नपाउँदा उपभोक्ताले हैरानी ब्यहोर्नु परेको छ । अहिले हिरोका मोटरसाइकल र स्टकुर देशभर २।३ लाख बिक्री भइसकेको अवस्था छ । नयाँ आधिकारीक कम्पनीले ग्राहकका समस्या तत्काल समाधान गर्ने सक्ने देखिदैन । सर्वाधिक रुचाइको ब्रान्ड भएपनि सर्भिसिङमा हैरानी र पाटपूर्जा पाउन महिनौ धाउनु पर्ने कठिनाइका कारण खस्किदै गएको छ ।

यता, हिरो ब्रान्डका साधानमा वारेन्टीको समस्याले पनि ग्राहकहरुलाई चिन्तिम बनाउदै लगेको अवस्था छ । सेल्स, सर्भिस, स्पेयर्स पार्टस्सँगै वारेन्टीको कुरा पनि उत्तिकै महत्वपूर्ण छ । हिरो ब्राण्ड वारेन्टीका समस्या ग्राहकहरुका हजारौ रहेका छन् ।

सिटी माटर्स भने अब हिरो उपभोत्तालाई सहज र सरल रुपमा गुणस्तरिय सेवा दिन बताउछन् । ‘हामीले उपभोक्तालाई खाली मोटरसाइकल र स्कुटर बिक्रीमात्र गर्दैनौं, ग्राहक पूर्ण सन्तुष्टी हुने गरी आफ्टर सेल्स सर्भिस पनि दिने छौं’ सिजी मोटर्सले भनेको छ, ‘हामीले हिरोको सेल्स, सर्भिस र स्पेयर्स पार्टस् (थ्रि एस) सेवालाई सर्वोत्कृष्ट बनाउनेछौँ । अबदेखि पार्टपुर्जा नपाएर उपभोक्ताले हैरानी पाउने अवस्था रहनेछैन ।’

हिरोको आधिकारिक विक्रेताको जिम्मेवारी पाए लगत्तै उपभोक्ताका समस्या सम्बोधन गर्न काम सुरु गरिसकेको सिजी मोटर्सले जनाएको छ । कम्पनीको प्रतिवद्धता छ, हामी उत्कृष्ट थ्रिएस सेवा दिने प्रतिवद्धता जाहेर गर्छौं, हिरोका सर्भिसलाई उपभोक्ताले नयाँ ढंगले फिल गर्ने गरि उत्कृष्ट बनाउनेछौँ । पार्टपुर्जा सहज उपलब्ध गराउन र आफ्टर सेल्स सर्भिस चुस्त बनाउने प्रकृया अगाडि बढाइसकेका छौं ।’

अर्को महिना मार्चदेखि हिरोका सर्भिस सेन्टरहरुमा पार्टपुर्जाहरु सहज रुपमा उपलब्ध हुने सिजी मोटर्सले जनाएको छ । यसका लागि आफ्नै वेयरहाउस समेत तयार भइरहेको छ । पार्टपुर्जा आयात गर्नका लागि प्रतितपत्र (एलसी) खोलिसकेको छ । ‘पछिल्लो केही समयदेखि पार्टपुर्जा आयात नभएकोले बजारमा अभाव देखिन सक्छ, तर यस्तो अभाव धेरै समय रहने छैन’ सीजी मोटर्सका सेल्स एण्ड अपरेशन हेर्ने जिएम प्रकाश देवकोटाले भने, ‘सुपथ मूल्यमा पार्टपुर्जाको सहज उपलब्धता र आफ्टर सेल्स सर्भिस बलियो नभएसम्म मार्केट लिडर बन्न सकिदैन भन्ने हामीलाई राम्रोसँग थाहा छ, ग्राहकलाई सन्तुष्ट बनाउनु हाम्रो जिम्मेवारी हो ।’

नेपालमा हिरो लोकप्रिय ब्रान्डका रुपमा स्थापित छ । हिरोका मोटरसाइकल र स्कुटर सर्वाधिक बिक्री हुनेमा पर्छन् । हजारौंको संख्यामा रहेका हिरोका ग्राहकहरु सन्तुष्ट गराउने एकमात्र लक्ष्य रहेको कम्पनीको भनाई छ ।

नेपालमा आफ्नो उपस्थितीाई बलियो बनाउने रणनीति अनुसार मोटरसाइकल र स्कुटरको विश्वकै सबैभन्दा ठूलो उत्पादक हिरो मोटोकर्पले नेपालको सबैभन्दा ठूलो व्यापारिक घराना चौधरी ग्रुपमातहतको सिजी मोटर्ससँग सहकार्य गरेको थियो । यही सहकार्यअन्तर्गत हिरो मोटोकर्प र सिजी मोटर्सले नेपाली बजारमा हिरोका उत्पादनहरु एसेम्बल गर्न नवलपुर जिल्लामा ‘स्टेट अफ दि आर्ट ग्रीनफिल्ड फेसिलिटी’ भएको प्लान्ट स्थापना गर्न लागेको कम्पनीले जनाएको छ । यसले स्थानीय अर्थतन्त्र र रोजगारीका अवसरहरु सिर्जना गर्ने कम्पनीको विश्वास छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*