भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको मूल्य, नेपालमा भने यथावत् राख्ने निर्णय

१८ फाल्गुन २०८०, शुक्रबार १०:३३

काठमाडौँ। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राखेको छ ।

स्वचालित मूल्य प्रणालीअनुसार अन्तर्राष्ट्रिय बजारमा भएको पेट्रोलियम पदार्थको मूल्य थपघटको अवस्था हेरेर इन्डियन आयल कर्पोरेसनले हरेक १५ दिनमा नेपाल आयल निगमलाई नयाँ मूल्यसूची पठाउने गरेको छ । अहिले इन्डियन आयल कर्पोरेसनबाट मट्टितेलबाहेक सबै पेट्रोलियम पदार्थको मूल्य बढेर आएको भए पनि नेपालमा भने नबढाइएको निगमले जनाएको छ ।

इन्डियन आयल कर्पोरेसन लिमिटेडबाट आज प्राप्त मूल्यसूचीबमोजिम पेट्रोलमा प्रतिलिटर ०.२१ रुपैयाँ , डिजेलमा ०।८५ रुपैयाँ, र एलपी ग्यासमा प्रति सिलिन्डर २१ रुपैयाँ ६६ पैसा बढेर आएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*