दुध किसानको बक्यौता रकम तत्काल भुक्तानी गर्न सांसद हरि ढकालको आग्रह

१८ फाल्गुन २०८०, शुक्रबार ११:५३

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका नेता तथा सांसद हरि ढकालले दुध किसानको वक्यौता रकम तत्काल उपलब्ध गराउन सरकारसँग आग्रह गरेका छन् । आज प्रतिनिधि सभामा बोल्दै उनले यस्तो बताएका हुन् ।

सरकारले पछिल्लो समय चितवन भनेको भरतपुर मात्र हो भास्य निर्माण भएको उनको भनाइ रहेको थियो । उनले भने, ‘चितवनका दुध किसान आन्दोलनमा छन् । सडकमा चक्का जाम गरी रहेका छन् । किसानको वक्यौता रकम तत्काल भुक्तानी गर्नु पर्छ ।’

साथै, ढकालले काठमाडौँ महानगर प्रहरीले ब्यवसायी माथि गरेको हातपातको समेत भर्सना गरेका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*