सडकको लगत कट्टा नगरिदिँदा ऋण लिन सास्ती

१८ फाल्गुन २०८०, शुक्रबार १२:३९

काठमाडौं । नगरपालिकाले सडकको लगत कट्टाको काम नगरिदिँदा कालिकोटका सर्वसाधारणले घरजग्गा धितो राखेर बैंक कर्जा लिन सास्ती खेप्नु परेको छ ।

नपरपालिकाले समयमै जग्गाको लगत कट्टा नगरेपछि व्यापारीले आफ्नो घरजग्गा धितोमा राखेर कर्जा लिन नपाएका हुन् । रास्कोट नगरपालिका–२, कालिकोटका शान्ताकुमारी रोकाले व्यवसाय कर्जाका लागि बैंकमा धेरै पटक गएर अनुरोध गर्दा पनि सडकको लगत कट्टा नभएकै कारण आफूलाई बैंकले कर्जा नदिएको बताइन् ।

त्यस्तै, रास्कोट–१ निवासी भानुप्रसाद आचार्यले पनि नगरपालिकाले लगतकट्टा समयमै नगरेको कारण व्यापारिक कर्जा लिन सास्ती खेप्नु परेको बताए । नगरपालिकाले समयमै लगत कट्टाको काम सम्पन्न गरिदिए कर्जा लिन सहज हुने भनाई उनीहरुको रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*