हिमालयन रि इन्स्योरेन्सका सिईओसहित कर्मचारीकाे यस्ताे छ तलव सुविधा

२० फाल्गुन २०८०, आईतवार १२:०९

काठमाडौं। हिमालयन रि इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्ष २०७९/०८० मा प्रमुख कार्यकारी अधिकृत (सीईओ)लाई ५ करोड ३३ लाख ४२ हजार ६२६ रुपैयाँ तलब भत्ता भुक्तानी गरेको छ ।

कम्पनीको सीईओमा चन्द्रशेखरन रहेका थिए । यो अवधिमा कम्पनीले सीईओ, नायब प्रमुख कार्यकारी अधिकृत तथा एक जना कार्यकारी निर्देशकलाई आवास सुविधा दिएको जनाएको छ । यस्तै सीईओलाई सञ्चार, दुर्घटना बीमा तथा स्वास्थ्योपचार बीमा सुविधा दिएको छ । सीईओले पाएको उक्त तलब भत्ता बापत राज्यलाई ३९ प्रतिशत कर बुझाएका छन् ।

कम्पनीले अन्य प्रबन्धकलाई ७ करोड ४९ लाख ४९ हजार ८२४ रुपैयाँ तलब भत्ता दिएको जनाएको छ । कम्पनीले गत आवको नाफाबाट सेयरधनीलाई ४.२१ प्रतिशत लाभांश दिने भएको छ । कम्पनीले गत आवको नाफाबाट ४ प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.२१ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*