अब नेपालपे क्यूआरबाट बिगमार्टमा भुक्तानी गर्दा हिरो स्कुटर जित्ने मौका

२० फाल्गुन २०८०, आईतवार १२:२६

काठमाडौँ । अब ग्राहकहरुले नेपालपे क्यूआर स्क्यान गरी बिगमार्टको पोखरामा हालै खोलिएका पाँचवटा स्टोरहरुमा भुक्तानी गर्दा बम्पर उपहारमा एक थान हिरो स्कुटर जित्न सक्नेछन् । उक्त अफर बिगमार्टको फुलबारी, बगर, रामबजार, सितलादेवी र पसङ्ग स्टोरहरुमा फागुन १९ गतेबाट चैत्र १७ गतेसम्म उपलब्ध रहेको छ ।

पोखरामा रहेका बिगमार्टका स्टोरहरुमा ७५० भन्दा माथिको सामान खरिद गर्दा स्टोरमा रहेको डायनामिक क्यूआर स्क्यान गरी भुक्तानी गरी उक्त अफरको लाभ उठाउन सकिनेछ । ग्राहकहरुले आफूसँग भएको कुनै पनि वाणिज्य बैंक, प्राय जसो विकास बैंक र फाइनान्स कम्पनीहरुको मोबाइल बैंकिङ्ग, वालेटहरु वा कनेक्टआईपीएस प्रयोग गरी नेपालपे क्यूआर स्क्यान गरी भुक्तानी गर्न सक्नेछन् ।

नेपालपे क्यूआर नेशनल पेमेन्ट स्वीच अन्तर्गत क्यूआर भुक्तानीलाई एप वा मर्चेन्ट वा नेटवर्क लेभलमा अन्तरआबद्धता कायम गर्न सक्ने नेपाल–क्युआर स्ट्याण्डर्डको पूर्वधार हो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*