मुलुकको अर्थतन्त्र चलयमान बनाउन ‘चेम्बर एक्स्पो २०२४’ ले ठूलो भुमिका खेल्छः अध्यक्ष मल्ल

२० फाल्गुन २०८०, आईतवार १५:४९

काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले ’चेम्बर एक्स्पो २०२४’ ले मुलकको अर्थतन्त्रलाई चलयमान बनाउने बताएका छन् । चेम्बरले फागुन २४ गतेदेखि आयोजना गर्ने लागेको सातौ चरणको ’चेम्बर एक्स्पो २०२४’ सम्बन्धि पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष मल्लले यस्तो बताएका हुन् ।

मल्लले भने, ’अर्थतन्त्रको सुचक नकारात्मक भइरहेको बेला चेम्बरले आयोजना गर्ने लागेको एक्स्पोले चलायमान हुन मद्दत गर्नछ । अन्तर्राष्ट्रिय एक्स्पो भएको हुनाले सबै राजदुतावाससँग सहकार्य समेत गरिएका छौ । हाम्रो मुल उद्देश्य प्राकृतिक समानहरुलाई प्रोत्साहन गर्नु हो ।

स्वदेशी उत्पादनलाई बजारिकरण गर्न समेत एक्स्पोले ठूलो भुमिका खेल्ने मल्लको भनाइ रहेको थियो । ’स्वदेशी सहित अन्तराष्ट्रिय ब्रान्ड समेत मेलामा हुने छन् । अर्थतन्त्र चलायमान हुन यो एक्स्पोले ठुलो भुमिका खेल्छ । हामिले नाफा लागि यो आयोजना गर्नेका लागि होइन’ उनले भने, ’विदेशी राष्ट्र साउद कोरियाको उत्पादन एक्स्पोमा हुनेछ । यसले अर्थतन्त्र सकारात्मक माहोल बन्ने छ । करिब ४० देखि ५० हजारले आयोजनामा भ्रमण गर्नेछन्’

सरकारी सहयोग चेम्बरलाइ पहिलाको जस्तो प्राप्त नभएको मल्लले बताए । ’हाम्रो प्रत्यक प्रदेशका चेम्बर सदस्य यस एक्स्पोमा आउनेछन् । उनीहरुले दुरदराजसमम्मको उत्पादन मेलामा ल्याउन सहयोग गर्ने छन् । तर, राज्य बाट पछिल्लो समय चेम्बरले सरकारी सहयोग पाउन सकेको छैन । हामी सरकारलाई घचघचाइ रहेका छौ । आश छ साथ सहयोग मिल्छ’ मल्ले भने ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*