पाकिस्तानमा शहबाज सरिफको नेतृत्वमा नयाँ सरकार गठन

२० फाल्गुन २०८०, आईतवार २२:१४

काठमाडौं । हालै सम्पन्न भएको निर्वाचनपछि पाकिस्तानको प्रधानमन्त्रीमा शहबाज सरिफ चयन भएका छन् । सरिफको नेतृत्वमा नयाँ सरकार गठन भएसँगै पाकिस्तानमा नयाँ राजनीतिक परिदृष्यसँगै अघि बढेको छ । यसअघि १६ महिना प्रधानमन्त्री भएर देशको बागडोर सम्हालेका शहवाज सरिफ पूर्व प्रधानमन्त्री नवाज सरिफका भाइ हुन् ।

पाकिस्तानको शासन सञ्चालनमा अनुभवी रहेका शाहबाज सरिफ यसअघि पञ्जावमा १३ वर्ष मुख्यमन्त्री भएर काम गरेको अनुभव छ । सरिफको पार्टीलाई भुट्टो समर्थिक पाकिस्तान पिपुल्स पार्टीको समर्थनमा प्रधानमन्त्री बनेका हुन् । पाकस्तानीको नेशनल एसेम्ब्लीमा आइतबार भएको प्रधानमन्त्री पदका लागि भएको मतदानमा उनले २०१ मत प्राप्त गरे । तेहरिक–ए–इन्साफ समर्थित उम्मेदवार उमर अयुबले ९२ मत मात्र पाएका थिए ।

सरिफको पार्टी पाकिस्तान मुस्लिम लिगले हालै सम्पन्न निर्वाचनमा ७३ सिट जितेर दोस्रो भएको थियो । त्यस्तै पाकिस्तानी पिपुल्स पार्टीले ५४ सिट ल्याएको थियो । सरिफको सरकारमा सहभागी दल एमक्यूएम पाकिस्तानले १७ सिट ल्याएको थियो ।

भ्रष्टाचारमा चुर्लुम्म डुबेको कारण इमरान खाँनको पार्टीलाई पाकिस्तानी निर्वाचन आयोगले आम चुनामा भाग लिन प्रतिबन्ध लगाएको थियो । यद्यपि सो पार्टीका ९० भन्दा बढि स्वतन्त्र सांसदहरुले निर्वाचनमा जितेका छन् ।

उता, क्रिकेट खेलाडी इमरान खाँनले स्थापना गरेको पार्टीका कारण दशकौंदेखि कडा टक्कर पार्टी आएको भुट्टो समर्थित पिपुल्स पार्टी र नवाज सरिस समर्थित पाकिस्तानी मुस्लिम लिग पार्टी मिलेर नयाँ सरकार बनाएका छन् । नेपालमा पनि स्वतन्त्र पार्टीको घण्टीले परम्परागत पार्टीलाई कडा टक्कर दिइरहेको बेला पा्किस्तानमा परम्परागत रुपमा शत्रुतापूर्ण सम्बन्धमा रहेका दुई पार्टी मिलेर सरकार गठन गरेका हुन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*