मध्यराति बालकोटको ओली निवासमा किन गईन महिला मन्त्री ?

२१ फाल्गुन २०८०, सोमबार ०७:१४

काठमाडौं । सत्ता गठबन्धनमा भत्किने अन्तिम अवस्थामा पुगेपछि गएराति मध्यरातिसम्म प्रमुख राजनीतिक पार्टीका नेताहरुले दौडादौडी चलिरहेको थियो । हिजो साँझ एमाले र रास्वपासहितको गठबन्धनका बीचमा तीन घण्टा भन्दा लामो समय चलेको छलफल अन्तिम निष्कर्षतिर पुग्नै लाग्दा नेपाली कांग्रेसबाट सरकारमा सहभागी एक जना महिला मन्त्री बालकोट छिरेको सूचना प्राप्त भएको छ ।

प्रचण्डले धोका दिन लागेको बुझेपछि अत्तालिएका कांग्रेस सभापति शेर बहादुर देउवाले हिजो मध्यराति वर्तमान सहकारी विकास मन्त्री सिता गुरुङलाई बालकोटस्थित ओली निवासमा पठाएका छन् । सभापति देउवाकी विशेष दूत बनेर बालकोट छिरेकी सिता गुरुङ करिब आधा घण्टा बसेर देउवाको प्रस्ताव राखेर फर्किएको बुझिएको छ ।

हिजै राति अबेर एमाले, रास्वपा र जसपाबीचमा गठबन्धन बनाएर अघि बढ्ने सहमति भएको विश्वस्त स्रोतले दावी गरेकोछ । नेपाली कांग्रेसले आज विहानसम्म राष्ट्रिय सभाको अध्यक्षसहित माओवादी अध्यक्ष प्रचण्डले भनेका धेरै विषयमा सहमति नगरे सत्ता गठबन्धन भत्किले लगभग निश्चित जस्तै छ । सत्ता गठबन्धन भत्किने अन्तिम अवस्थामा पुगेको बेला हिजो मध्येराति महिला नेतृ सिता गुरुङलाई ओली निवास बालकोट पठाएर विशेष सन्देश दिएको बुझिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*