अन्ततः भत्कियो गठबन्धन, रवि लामिछाने आजै मन्त्री बन्दै, एमालेबाट गिरी मन्त्री बन्ने

२१ फाल्गुन २०८०, सोमबार ०९:५३

काठमाडौं । अन्तत करिब एक वर्ष पुरानो गठबन्धन भत्किएर नयाँ गठबन्धन तयार भएको छ । हालसम्मको पछिल्लो अपडेट अनुसार आजै प्रधानमन्त्रीले सबै मन्त्रीहरुलाई हटाएर एमाले, रास्वपा, राजपा र माओवादीसहितको सानो आकारको मन्त्रिमण्डल गठन गर्नेछन् ।

संक्रमणकालिन न्याय सम्बन्धी विधेयक र राष्ट्रिय सभाको अध्यक्ष पदमा लेनदेन गर्दै सरकारको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नेपाली कांग्रेस र नेकपा समाजवादीसँगको सहकार्य अन्त्य गर्दै रास्वपा र एमालेसँग नयाँ गठबन्धन बनाउने निर्णय गरेका हुन् ।

पछिल्लो सहमति अनुसार एमालेबाट पदम गिरी मन्त्री बन्ने भएका छन् । त्यस्तै, माओवादीबाट लेखनाथ दाहाल वा हितराज तामाङ मध्ये एक जनालाई मन्त्री बनाएर अघि बढ्नेछन् । त्यस्तै रास्वपाबाट रवि लामिछाने मन्त्री बन्नेछन् ।
सत्ता गठबन्धन फेरिने भएपछि नेपाली कांग्रेसले पदाधिकारीको बैठक बोलाएको छ ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*