प्रधानमन्त्रीले शेरबहादुर देउवाको विश्वासको पात्र डा. महतलाई मन्त्रीबाट हटाउन खोज्दा आएको विवाद

२१ फाल्गुन २०८०, सोमबार १२:४५

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले अर्थमन्त्री फेर्ने तयारी गर्दा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अर्थमन्त्री समेत रहेका विश्वासपात्र डा प्रकाशशरण महतलाई मन्त्रीबाट हटाउन नखोज्दा सत्ता गठबन्धन टुटेको छ ।

अर्थमन्त्री डा प्रकाशशरण महतलाई हटाउनु पर्ने प्रधानमन्त्री पुष्पकमल दाहालको केही समयअघि देखिको मागलाई देउवाले अटेर गर्दा माओवादीसँगको सत्ता गठबन्धन भत्किएको संस्थापन इतरपक्षको दाबी छ ।

प्रधानमन्त्री प्रचण्डले सरकारको नेतृत्व गरेको एक वर्ष पुगेको बेलैमा मन्त्रिपरिषद् पुनर्गठन गर्न चाहेका थिए । देशको अर्थतन्त्र गम्भीर अवस्थामा पुगेको बेला अर्थमन्त्रालयको नेतृत्व लिएका डा महतको काम सन्तोषजनक नभएको भन्दै प्रधानमन्त्री प्रचण्डले देउवालाई कांग्रेसका महत लगायतका केही मन्त्री फेर्न माग गरेका थिए ।

कांग्रेसबाट सरकारमा गएका मन्त्रीहरुको रिपोर्ट कार्ड राम्रो नहुनु र अर्कातिर प्रचण्डसँगै अर्थमन्त्रीको राम्रो सम्बन्ध नहुनाका कारणले पनि प्रचण्ड चिँढिदै आएका थिए ।

कांग्रेस महासमिति सकिएपछि पनि देउवाले अर्थमन्त्री महतलाई लगानी सम्मेलनसम्म काम गर्न दिन प्रचण्डसँग आग्रह गरेपछि प्रचण्ड देउवासँग रिसाएका थिए ।

देउवाले महतलाई कुनै पनि हालतमा तत्काल सरकारबाट हटाउन नमानेपछि प्रधानमन्त्रीको निकटता एमालेसँग भएको थियो ।

लामो समयदेखि महतलाई हटाउन प्रयात्न गरेका प्रचण्डले अन्ततस् कांग्रेससँगको गठबन्धन नै तोडेका छन् र उनी एमाले लगायतका दलहरुसँगको नयाँ गठबन्धनमा अघि बढेका छन् । नयाँ गठबन्धनका दलहरुलाई सामेल गराएर प्रधानमन्त्रीले आजै सानो आकारको मन्त्रिपरिषद् बनाउन लागेका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*